धनुषामा यात्रुवाहक बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु

 

फागुन १५, काठमाडौँ । धनुषामा यात्रुबाहक बस र ट्रक ठोक्किदा बसमा सवार २ जनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । 

धनुषाको मिथिला नगरपालिका ढल्केबरमा काँकरभित्ताबाट पश्चिम जाँदै गरेको ना५ख ४९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ९४९६ नम्बरको मालवाहक ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको हो भने एक दर्जन बढी घाइते भएका हुन् । 

null

दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका–२ की शुभकला मण्डल र भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक दुवैजनाको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको र घाइतेहरुको जनकपुर अञ्चल अस्पताल लगायत विभिन्न स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *