अख्तियार प्रमुख दीप बस्नेतको बाजा बज्दैँ !

काठमाडौं । आफैले खनेको खाल्डोमा आफैँ परेपछि बाँकी भन्नु नै के रह्यो र । अर्बाै रुपैयाँ कर छुट दिएको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अठ्याएका अख्तियार प्रमुख दीप बस्नेत आफैले खनेको खाल्डोमा आफै पुरिने भएका छन् । यससँगै शर्मालाई जेलको कोठामा साथ दिन बस्नेत पुग्दैनन् भन्न सकिने अवस्था छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त केही समयमै दीप बस्न्यातका कर्तुतहरु बाहिर खुल्न आएका छन् । हो, उनले सयौं कम्पनीहरुलाई कर छुट दिएको प्रमाणहरु फेला परेको छ ।

जतिबेला बस्न्यात कर फछ्र्योट आयोगका सदस्य सचिव थिए । त्यो समयमा उनले ति कम्पनीहरुलाई कर छुट दिएको प्रमाणहरु भेटिएको छ । राप्रपा पक्षधर बस्नेतका योग्यता सम्बन्धि (प्रमाणपत्र)का कुराहरु पनि बारम्बार उठ्ने गरेका छन् । २०६३ सालमा उनी सदस्य सचिव भएका थिए । सदस्य सचिव हुँदा ति कम्पनीहरुलाई २९ अर्व राजस्वमध्ये २५ अर्व छुट दिएर जम्मा ४ अर्व मात्र राजस्व राज्यकोषमा दाखिला गरेको रहस्य बाहिर छताछुल्ल भएको छ । अहिले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा अर्बौ कर छुट दिएको आरोपमा हिरासतको चिसो हावा खाइरहेका छन अब बस्नेतलाई पनि उसैगरी सोही ऐन र कानुनले समाउछ कि समाउँदैन ? अब यो विषमाथि अर्थ समितिले टुङगो लगाउने भएको छ ।

बाहिर यस विषयमा निकै चर्चा परिचर्चा भएपछि हालै मात्र व्यवस्थापिका संसदको अर्थ समितिले २०५८ सालपछि गठन भएका सबै कर फछ्र्योट आयोगहरुका फाइलमाथी छानबिन अघि बढाइसकेको छ । अब यस्ता धन्दा गर्नेहरुलाई समाउन मात्र बाँकी रहेको बताइन्छ । अब कुनै पनि हालतमा यो प्रकरण पछि नहट्ने देखिन्छ । यससँगै अख्तियार प्रमुख दीप बस्नेत जेलको चिसो छेडीतिर तानिने पक्का भएको छ । अर्थ समितिको गत साउन २ गते बसेको बैठकले गठन गरेको ‘राजस्व छली र कर असूली अनियमितता अध्ययन सुझाव उपसमितिले २०५८ साल पछि गठन भएका तीन वटै कर फछ्र्योट आयोगका फाइलमाथी अध्ययन थालेको हो ।

अहिले सो समितिका संयोजकमा एमाले नेता सुरेन्द्र पाण्डेले जिम्मेवारी निर्वाह गरिरहेका छन् । हाल चुडामणि झै विवादमा तानिएका लुम्बध्वज महत ०६३ सालमा सो आयोगमा रहेर काम गरिसकेका व्यक्ति हुन । त्यतिबेला हालका अख्तियार प्रमुख दीप बस्नेत सदस्य सचिव थिए । उता, २ महिने अवधीका लागि गठन गरिएको उप समितिले कर फछ्र्योट आयोग २०५८, ६१, ६३ र ७१ का फाइलहरु मगाईसकेको छ । कर फस्र्यौट आयोगको सदस्यमा अनुपराज शर्माको अध्यक्षतामा विद्याधर मल्लिक–सदस्य सचिव रहेको आयोग गठन भएको छ । यो आयोगको गठन ५५ सालमा भएको हो । त्यस्तै २०६१ सालमा पवन कुमार सिंह–अध्यक्ष पद सम्हालेका थिए भने अरबिन्द्र कुमार श्रेष्ठ–सदस्य सचिव थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *