यसकारण मान्छे ‘माता’ बन्छ

 

असार २२, काठमाडौं । पछिल्लो समय साधुको नाममा, माताको नाममा, ज्योतिषीको नाममा र दैवी शक्ति प्राप्त भएको नाममा आफूलाई भविष्यवेत्ताका रूपमा प्रस्तुत गर्ने प्रशस्तै छन् । 

त्यस्तै, कतिपय ठाउँमा अझै ‘बोक्सी’ को आरोपमा अमानवीय यातना समेत दिइँदै आइएको छ । अर्काे रोचक कुरा के पनि छ भने साधु, जोगी, माता, दैवी शक्ति प्राप्त गरेका मनिस वा बोक्सी भनिएकाहरुले अस्वाभाविक हर्कत देखाएका पनि हुन्छन् । यस्तै हर्कतका कारण सर्वसाधारणले उनीहरूबारे एक फरक धारणा बनाउँछन् र विश्वास पनि गर्न थाल्छन् । 

null

केही दिनअघि आफूलाई ‘धर्तीमाता’ दाबी गर्ने विष्णु कुँवरले एक युवतीलाई ‘बोक्सी’को आरोप लगाउँदै दुव्र्यवहार गरेको भिडियो भाइरल भयो । यस्तै, अर्जुन क्षेत्री ‘ज्योतिषी’ ले जेठ अन्तिम साता ठूलो भूकम्प जाने भविष्यवाणी गरे । उनको भविष्यवाणीले सर्वसाधारणमा आतंक फैलियो । उनको भविष्यवाणी पनि झुटो साबित भयो । उनीहरुका काम र हर्कत झुठो सावित भईसक्दा पनि सर्वसाधारणले उनीहरूलाई किन विश्वास गर्छन ? 

कसैमा माता चढ्नु वा अदृश्य शक्ति प्राप्त हुनु भनेको कपोकल्पित कुरा र यसलाई अहिलेसम्म विज्ञानले प्रमाणित नगरेको खोज अनुसन्धानमा लागेकाहरु बताउँछन् । यसलाई मनोवैज्ञानिक रोगको रुपमा हेरिने मनोचिकित्सक गोपाल ढकालको भनाइ छ । 

‘मनोवैज्ञानिक रोग कन्भर्जन डिसअर्डरलाई हिस्टेरिया पनि भन्ने गरिन्छ । मानिसको मनभित्र कुण्ठित पीडा, डर, भय, चिन्ता, तनाव, कामेच्छा जस्ता विषय अत्यधिक भएपछि त्यो विस्फोट भई बाहिर निस्कन्छ । र, त्यो शारीरिक लक्षणका रूपमा देखा पर्छ,’ ढकाल भन्छन्, ‘त्यसपछि मानिसले अनौठा हर्कत देखाउन थाल्छ । काम्ने, बर्बराउने, विभिन्न भाषा बोल्ने, आफैँलाई चिथोर्नेलगायतका गतिविधि गर्न थाल्छ । हप्ता, महिना वा वर्षमा एकपटक यस्तो अवस्था देखा पर्छ । तर, लामो समय रहँदैन । यसको लक्षण यस्तै हो भन्न सकिँदैन । यस्तो रोगलाई सामान्य काउन्सिलिङबाट निको पार्न सकिन्छ ।’ 

मनोविद्का अनुसार अर्काे प्रकारको मनोवैज्ञानिक रोगलाई मेनिया भनिन्छ । यो पहिलोभन्दा निकै खतरनाक हुन्छ । यसमा मनिसले आफूमा अलौकिक शक्ति आएको दाबी गर्छ । यो पनि कुण्ठित पीडा, डर, भय, चिन्ता, तनाव, चाहना आदिकै कारण हुन्छ । 

मनोबिद ढकाल भन्छन्, ‘मेनिया हुँदा उसका व्यवहार पहिलेको भन्दा निकै फरक देखिन्छ । उसका कुरा सुन्यो र उसलाई विश्वास ग¥यो भने खुशी हुन्छ, सुनेन भने रिसाउँछ । त्यस्ता मानिसमा उग्र जिद्दीपन देखिन्छ । आफू रोगी भएको कहिल्यै स्वीकार गर्दैन । मेनिया भएको मनिस आफूले भनेको कुरा भएन भने अरुको हत्या गर्न समेत पछि पर्दैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *