काठमाडौं उपत्यकामा आज कहाँ के कार्यक्रम हुँदैछ ?

फागुन २७, काठमाडौं । काठमाडौं उपत्यकामा आज प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेदेखि कोरोना भाइरसविरुद्ध नेपालले अपनाउनु पर्ने सतर्कताका विषयमा कार्यक्रम हुँदैछन् ।   

यस्तै पार्टी एकताको परिस्थिति र समग्र राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाको बैठक बस्दैछ भने तिब्बियनतहरुले तिब्बतहरुको नेशनल अप्राइजिङ्ग डे (मुक्ति दिवस)को अवसरमा पुजा गरि मुक्ति दिवस मनाउदै छन् ।   

उपत्यकामा कहाँ के कार्यक्रम हुदैछ, हेर्नुहोस् :- 

null

१. राप्रपाको आन्तरिक जीवनमा सिर्जित पार्टी एकताको परिस्थिति र समग्र राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय समितिको विशेष र एकता घोषणा हुनु अघिको अन्तिम बैठक बस्ने । 

स्थान : अर्पण बैङ्क्वेट, थापागाऊँ 

समय : बिहान ९:३० बजे । 

२. राप्रपा (संयुक्त)को कार्यसम्पादन समिति,र केन्द्रीय समिति को संयुक्त बैठक बस्ने । 

स्थान : कार्कि पाटी प्यालेस (सुकेधारा) 

समय : १३:०० बजे । 

३. संवाद डबलीले ‘कोरोना भाइरसको पछिल्लो अवस्था, नेपालले अपनाउनु पर्ने सतर्कता र महामारिको रुपमा फैलिएको कारण’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने । 

स्थानः संवाद डबली अनामनगर   

समयः दिनको १३:०० बजे । 

४. विधायन व्यवस्थापन समितिको बैठक बस्ने । 

स्थान : समितिको सभाहल सिहंदरवार । 

पारमाणविक विधेयक २०७५ माथि छलफल गर्ने   

समय  :११:०० बजे । 

काठमाडौ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक माथि छलफल गर्ने । 

समय : १४:०० बजे । 

५. तिब्बियनतहरुले तिब्बतहरुको नेशनल अप्राइजिङ्ग डे (मुक्ति दिवस)को अबसरमा पुजा गरि मुक्ति दिवस मनाउने । 

स्थानस् : एकान्तकुना, ललितपुर । 

समय :७:३० बजे । 

६. २९ औ गेलुग मोन्लमको अवसरमा बुद्ध धर्मावलम्बीको पुजापाठ कार्यक्रम । 

स्थान : गोसोक फुन्छोक छोलुङ गुम्बा, स्वयम्भु । 

(बुद्ध धर्मावलम्बीहरु बौद्धका गुम्बाहरुबाट समेत स्वयम्भू जाने) 

समय : नखुलेको 

७. प्रधानमन्त्री के पि शर्मा ओलिको स्वास्थ्य अवस्था बारे जानकारी गराउन पत्रकार सम्मेलन 

स्थान : टिचिङ अस्पताल, महाराजगंज 

समय : १६ :०० बजे । 

८ . २०७६-११-२३ गते ट्याक्सी व्यवसायी, मजदुर र यातायात व्यवस्था विभागका निर्देशकको उपस्तिथिमा यातायात व्यवस्था विभाग मिनभवनमा बैठक बसि भएको निर्णय अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा छलफल कार्यक्रम गर्ने । 

समय : नखुलेको । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *