राप्रपा अध्यक्ष कमल थापाको असन्तुष्टि कायमै

काठमाडौं, साउन १४ । राप्रपा अध्यक्ष कमल थापाले सत्तारुढ दलले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिने बताएपनि नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत एक धारणा सार्वजनिक गर्दै उहाँले अब पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री देउवाको कारण पार्टीलाई सच्चिने मौका मिलेको तर्कसहित धन्यवाद दिँदै अब सत्ता केन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने बताउँनुभयो ।

सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भई सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने, हाम्रो छनौट भन्दा पनि यो अवसर प्रधानमन्त्रि शेरबहादुर देउवाको सौजन्यताबाट प्राप्त भएको हो ।

प्रधानमन्त्रीलाई भोट हालेको र सरकारलाई समर्थन गरेको आधारमा स्वभाविक रुपले राप्रपा सरकारमा सहभागी हुने मनस्थितिमा भएको तर दोस्रो चरणमा पनि मन्त्रिमण्डलमा सहभागि नगराइएपछि अब सहभागि हुने अध्याय सकिएको थापाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *