सामुहिक बलात्कारको आरोपमा तिनथानाबाट ३ जना पक्राउ

चैत्र ४, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको चन्द्रागिरि न.पा १५ तिनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलिले सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा जिल्ला दाङ राप्ती गाउँपालिका वडा न.१ घर हुने बर्ष २४ को संजय घर्ती मगर, जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा न.९ घर हुने बर्ष १९ को पासाङ तामाङ,जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका वडा न. २ घर हुने बर्ष १९ को कपिल खडका रहेका छन् । 

महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार तिनथानास्थित गस्ति गर्ने क्रममा वर्ष १७ की एक वालिकालाई अपरिचित ३ जना व्यक्तिहरूले जवर्जस्ती करणी गरेको सुचनाकाे आधारमा प्रहरी टोलीले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएको बताए । 

प्रारम्भिक अनुसन्धानको क्रममा तीन जनाले बालिकालाई उक्त स्थानमा सडक किनारामा पार्किङ्ग गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगि जवर्जस्ति करणी गरेका थिए । 

प्रहरीले पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा अनुसन्धान तथा कार्वाही भैरहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *