पूर्व राजा ज्ञानेन्द्र शाह यसकारण जाँदैछन् थाइल्याण्ड

 

जेठ ५, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्ड जाँदैछन् । 

पूर्व राजा ज्ञानेन्द्र पूर्व महारानी कोमलराज्यलक्ष्मी शाहसहित केही टाेली लिएर त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।  

null

फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि पूर्व राज दम्पती त्यसतर्फ जान लागेको उनको निजी सचिवालयले जनाएको छ । 

उनीहरु थाइ एयरको विमान मार्फत दिउँसो १ बजे त्यसतर्फ जानेछन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम पनि तय भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *