बलिउड अमिताभ बच्चनले तिरिदिए २१ सय किसानको ऋण

 

जेठ ३०, भारत ।  बलिउडका वरिष्ठ कलाकार अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । 

अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण तिरिएको छ । तीमध्ये केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट यो हस्तान्तरण गरिएको छ ।’ 

null

 

यसअघि अमिताभ बच्चनले लेखेका थिए, ‘जसले ऋण चुक्ता गर्न सकिरहेका छैनन् उनीहरुका लागि उपहार हो यो । यसपटक बिहारका किसान हुनेछन् ।’ 

अमिताभले यसअघि पनि किसानको मद्दत गरेका छन् । गत वर्ष अमिताभले उत्तर प्रदेशका लगभग एक हजारबढी किसानको ऋण तिरिदिएका थिए । 

  

अमिताभले आफ्नो ब्लगमा यो पनि लेखे, ‘अझै अर्को एउटा वचन पूरा गर्नु छ । पुलवामा हमलामा जुन बहादुरले देशका लागि ज्यान गुमाए उनीहरुको परिवार र श्रीमतीलाई आर्थिक रुपमा गर्नुछ, सच्चा शहीद ।’ एजेन्सी 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *