किशोरीमाथि एसिड प्रहार गर्नेलाई ४ वर्ष कैद

 

जेठ २९, दाङ । दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई ४ वर्ष कैद फैसला गरिएको छ । 

घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई ४ वर्ष कैदको फैसला सुनाइएको हो । 

null

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई ४ वर्ष कैद, एक लाख रुपौयाँ जरिवाना र पीडितलाई १ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । 

अदालतले जरिवानास्वरूपको एक लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाईंले जानकारी दिए । 

उक्त घटनाका अन्य आरोपित घोराही–१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ । 

विसं २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला रीतामाथि एसिड प्रहार गरिएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *