२१ औं बुढासुब्बा रेडबुल गोल्डकप आजबाट सुरु हुँदै

धरान,सुनसरी । माेफसलकै पुरानो तथा चर्चित बुढासुब्बा गोल्डकपको २१ औं संस्करण आजबाट सुरु हुँदैछ । यसैक्रममा आजको उदघाटन खेल संकटा क्लब काठमाडौ र मेची नेत्रालय क्लब झापा बीच हुनेछ । 

बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिता नाम दिईएको प्रतियोगीताको धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आज दिउसो ३ बजे उदघाटन हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । खेलको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्टले गर्ने कार्यक्रम रहेको छ । 

 

null

फाेटाे फायलः मकालु खबर 

प्रतियाेगितामा ८ वटा टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, क्यारुनको डल्फीन क्लब, संकटा काठमाडौं, मेची नेत्रालय क्लब झापा, साहारा क्लब पोखरा, दलहा उजीलेथिक्सट क्लब, कलकता भारतसँगै आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ । 

२०५५:विजेता– बुल्गेरिया स्पोर्टिङ क्लब (भारत), उपविजेता– धरान फुटबल क्लब२०५६:विजेता– महेन्द्र पुलिस क्लब,उपविजेता– धरान फुटबल क्लब२०५७:विजेता– धनमुन्दी क्लब (बङ्गलादेश), उपविजेता – महेन्द्र पुलिस क्लब२०५८:विजेता– महेन्द्र पुलिस क्लब, उपविजेता– धरान फुटबल क्लब२०५९:विजेता– महेन्द्र पुलिस क्लब, उपविजेता– फ्रेण्ड्स क्लब२०६०:विजेता– मनाङ मस्र्याङ्दी क्लब, उपविजेता– महेन्द्र पुलिस क्लब२०६१:विजेता– थ्रीस्टार क्लब,उपविजेता– जावालाखेल युथ क्लब२०६२:विजेता– अफ्रिकन युनाइटेड क्लब, उपविजेता– धरान फुटबल क्लब२०६३:विजेता– नबिल थ्रीस्टार क्लब, उपविजेता– अफ्रिकन युनाइटेड क्लब२०६४:विजेता– महेन्द्र पुलिस क्लब, उपविजेता– जावालाखेल युथ क्लब२०६५:विजेता– नबिल थ्रीस्टार क्लब, उपविजेता– त्रिभुवन आर्मी क्लब२०६६:विजेता– आरसीटी क्लब, उपविजेता– नेपाल पुलिस क्लब२०६७:विजेता– मनाङ मस्र्याङ्दी क्लब, उपविजेता– आरसीटी क्लब२०६८:विजेता– थ्रीस्टार क्लब, उपविजेता– मनाङ मस्र्याङ्दी क्लब२०६९:विजेता– हङकङ नेपाली महासङ्घ, उपविजेता– त्रिभुवन आर्मी क्लब२०७०:विजेता– अफ्रिकन युनाइटेड क्लब, उपविजेता– साहार क्लब२०७१:विजेता– एपिएफ काठमाडौं, उपविजेता– एमएमसी काठमाडौं२०७२:विजेता– मनाङ मस्र्याङ्दी क्लब, उपविजेता– नेपाल पुलिस क्लब२०७३:विजेता– नेपाल पुलिस क्लब, उपविजेता– सङ्कटा क्लब२०७४:विजेता– थ्री स्टार क्लब, उपविजेता– नेपाल पुलिस क्लब 

गोल्डकपका लागी पूर्वतर्फ पक्की प्याराफिट करिब ५ हजार दर्शक अटाउने गरी बनाइएको छ भने पश्चिमतर्फ २ वटा सय, सय फिटको प्याराफिट समेत बनाइएको छ । जसमा २ हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्फ नै ५ सय क्षमताको भिआइपी प्याराफिट समेत तयार भइसकेको छ । 

विगत २० बर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको माेफसलकाे एक मात्र फुटवल प्रतियोगिता बुढासुब्बा गोल्डकपमा यसपालिको पुरस्कार राशीमा बृद्धि गरिएकाे छ । यसपटक प्रतियाेगिताकाे विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख प्रदान गरिने आयोजकले जनाएको छ । 

त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृट खेलाडीलाई होण्डाको स्कुटर, हाई स्कोररलाई ३५ हजार, बेष्ट गोल किपरलाई २५ हजार, बेष्ट डिफेन्सलाई २५ हजार, बेष्ट मिडफिल्डरलाई २५ हजार, फरबार्डलाई २५ हजार र बेष्ट स्ट्राईकर लाई नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

धरानका उदयीमान खेलाडीलाई समेत नगद १५ हजारले पुरस्कृत गरिने छ। सोही गोल्डकपमा दैनिक रुपमा टिकट काटेर खेल हेर्ने दर्शकहरुका लागी पनि लक्की ड्र मार्फत होण्डाकै नावी बाईक प्रदान गरिनेछ । 

२०५५ सालदेखि शुरु हुँदै आएको बुढासुब्बा गोल्डकपको गत सालको बिजेता थ्री स्टार क्लब हाे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *