बाघ दिवसः नारामा सिमित


साउन १५, काठमाडौं । स्वास्थ्य पर्यावरणको लागि बाघको संरक्षण भन्ने नाराका साथ शनिबार नेपालमा पनि विश्व बाघ दिवस मनाईएको छ । दिवसको अवसरमा बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य साथ राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतले राजधानीमा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
कोषको केन्द्रीय कार्यालय खुमलटारमा गरिएको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसँग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका छन् । संख्या बढ्दै जाँदा उपर्युक्त वासस्थानको खोजीमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुँदा त्यसले मानविय क्षति पुर्याउने गरेको भन्दै उनीहरुले उपर्युक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले वन जंगलको संरक्षणबाट बाघको संरक्षण हुने बताए । उनले प्राकृतिक संरचनालाई संरक्षण गर्न र जिव जगतको लागि बाघको संरक्षण अपरिहार्य रहेको जिकिर गरे ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले बाघ र मानवको सहअस्तित्वलाई आत्मसाथ गर्दै बाघको संख्या बढाउनका लागि उसको उपर्युक्त वासस्थान निर्माण र संरक्षणमा विचार पुर्याउनुपर्नेमा जोड दिए । बाघको संख्या वृद्धि सँगै मानव बाघ द्धन्द्धका घटनाहरु बढ्दै गएको सन्र्दभमा द्धन्द्ध नै नहुने स्थिति सिर्जना गर्नुपर्ने धारणा उनको थियो ।
वन तथा भू संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले बाघको संख्या वृद्धि सँगै मानवसँगको द्धन्द्ध पनि बढेको पाईएको भन्दै मानवसँगको द्धन्द्ध व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताए । परिस्थितिकीय प्रणालीको उच्च तहमा रहेको प्रजाति भएकाले बाघको संरक्षण गरेमा बाघ पाईने क्षेत्रमा समग्र वन, वनस्पति र अय वन्यजन्तु समेत संरक्षण हुने उनको तर्क थियो ।
सरकारले सन् २०२२ सम्ममा नेपालमा पाटे बाघको संख्या २ सय ५० पुर्याउने लक्ष लिएको छ ।

नेपालगञ्जमा फोटो प्रदशनी


बाघ दिवसकै अवसरमा नेपालगञ्जमा दुई दिने ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा १ सय ५ वढी फोटो राखिएका छन् । अन्तरालको आयोजना र व्यवस्थापनमा जारी प्रदर्शनीको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले उद्घाटन गर्दै प्रदर्शनीले प्रकृति र वन्य जन्तुबीचको सम्वन्धलाई थप प्रष्ट पारेको उल्लेख गर्दै यसको निरन्तरतामा जोड दिए । बर्तमानमा सामान्य लाग्ने चित्र भोलीको इतिहास र अनुसन्धानको पाटो बन्ने भन्ने भन्दै राणाले बातावरण तथा वन्य जन्तु संरक्षण र सम्वद्र्धनले पयर्टन प्रवद्र्धन र आयश्रोत वृद्धिमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । कार्यक्रममा उपमेयर उमा थापामगरले प्रदर्शनीले वन्यजन्तु संरक्षणका लागि सम्वन्धित निकायलाई थप सम्वदेनशिल र जिम्मेवार बनाउन मद्यत पुग्ने बताइन् । अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले वर्दिया र चितवन राष्ट्रिय निकुञ्जका पाटेबाघ तथा एकसिंगे गैडाका तस्वीरहरु प्रमुख आकर्षणको रुपमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *