सामाजिक सञ्जालबारे संसदीय समितिमा बहस, कसले के भने ?

 

                                                                                  फाइल तस्विर 

बैशाख १६, काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा सोमबार सामाजिक सञ्जालबारे बहस चलिरहेको छ । 

null

समिति अन्तर्गत ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी गठित उपसमितिले आयोजना गरेको छलफलमा सहभागी सांसदहरुले सामाजिक सञ्जाललाई नियन्त्रण भन्दा पनि नियमन गर्ने खालको सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । 

समितिका सभापति कल्याणीकुमारी खड्काले सञ्चार ऐनमा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट वाक्य अंश राख्न नहुने स्पष्ट पारिन् । 

यस्तै उपसमितिका सदस्य केदार सिग्देलले प्रविधिको विकासले अन्य क्षेत्रको विकासलाई समेत सकारात्मक पार्ने भएकाले सरोकारवाला पक्षको सुझाव र सल्लाहका आधारमा व्यवस्थित ढंगबाट नियमन गर्ने गरी नयाँ कानून ल्याउन सुझाव दिए । 

पछिल्लो समयमा प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग भइरहेको स्पष्ट पार्दै यसलाई रोक्नुपर्नेमा सांसद ईन्द्रकुमारी शर्माको जोड थियो । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अध्ययनका लागि समितिले गत चैत १८ गते गठन गरेको उपसमितिको आजको छलफलमा भाग लिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले प्रविधिको क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउँदै सामाजिक सञ्जालको क्षेत्रलाई व्यवस्थित गर्ने र करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउने तयारी गरेको प्रस्ट्याए । 

उपसमितिका संयोजक विनाकुमारी श्रेष्ठले सैद्धान्तिक छलफलपछि विधेयकमाथि दफावार छलफलसँगै छिट्टै समितिले टुंगो लगाउने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *