कोपा डेल रे : भ्यालेन्सिया र रियल बेटिस पनि बराबरीमा

स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल बेटिस र भ्यालेन्सियाले दुई–दुई गोलको बराबरी खेलेका छन् ।  

सेभियामा भएको खेलमा रियल बेटिसले दुई गोलको अग्रता खेर फाल्यो । निकै रोमाञ्चक बनेको खेलको ४५ औँ मिनेटमा लोरेन मोरोनले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ५४ औं मिनेटमा जोक्विनले रियल बेटिसको अन्तर दुई–शून्यमा पुर्‍याए ।  

दुई गोलले पछि परेको भ्यालेन्सियाले अन्तिम २५ मिनेटभित्रमा उत्कृष्ट कमब्याक गर्दै दुई गोल फर्काउन सफल भयो । ७० औँ मिनेटमा चेरसेचले गोल गरे भने खेलको इन्जुरी समयको दोस्रो मिनेटमा जामेरियोले गोल गर्दै खेल दुई–दुईको बराबरीमा पुर्‍याए ।  

null

त्यसपछि दुवै टिमले थप गोल गरेनन् र खेल बराबरीमा सकियो । अब हुने दोस्रो लेगले फाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *