‘पद्ममरत्न तुलाधर नागरिक स्वतन्त्रताको पक्षमा आवाज बुलन्द गर्ने जनपक्षीय नेता हुनुहुन्थ्यो’ – राष्ट्रपति

कात्तिक २५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने बताएकी छिन् । 

राष्ट्रपति भण्डारीले स्व. तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज संवेदना सन्देश पठाउँदै लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवम् पूवैमन्त्री तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने बताएकी हुन् । 

निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारजनमा संवेदना प्रकट गरेकी छिन् । 

null

समवेदना सन्देशमा राष्ट्रपतिले भनेकि छिन्, “सदैव नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो ।” 

भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उनको अगुवाइ र सक्रियता उल्लेखनीय रहेकाले उनको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गरेकी छिन् । 

“मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु” संवेदना सन्देशमा भनिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *