खैरहनीबाट सालको टिम्मा बरामद

फागुन २४, चितवन । चितवनको खैरहनीबाट प्रहरीले सालको काठको टिम्मा बरामद गरेको छ ।   

खैरहनी नगरपालिका वडा नम्बर ३ लदरीबाट प्रहरी गएराति २७ थान सालको चिरान काठ फेला पारेको हो । सालको काठ तस्करी हुँदै गरेको बिशेष सुराकीको आधारमा खटिएको इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले २२ क्युफिट काठ बरामद गरेको हो ।   

भरियाहरुको सहायतामा काठ बोकेरे नै तस्करी भइरहेको स्थानमा प्रहरी पुग्नै लाग्दा तस्करहरु भागेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *