न्यूयोर्क : चिडियाखानाको बाघमा पनि देखियो कोरोना संक्रमण

चैत २४, काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित एक चिडियाखानामा रहेको बाघमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । 

कोभिड-१९को संक्रमणबाट अति प्रभावित सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा कोरोना देखिएको हो । चिडियाखाना नेशनल भेटनरी सर्भिस ल्याबरोटरी लोवामा गरिएको परिक्षणमा बाघको टेस्ट पोजेटिभ देखिएको बताएको छ । 

सो बाघ बाहेक अन्य केहि बाघमा समेत कोरोनाको लक्षण देखिएको बताइएको छ । चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *