कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

असोज ८, काठमाडौं । ‘अन्नपूर्ण पोष्ट कर्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ ।  

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित उक्त प्रतियोगितामा एकल तर्फ कामना सेवा विकास बैंकका दीप शाखाका शाखा  प्रमुख विशाल खड्का र संयुक्त तर्फ विशाल खड्का एवं विश्वास नेपालले जित हासिल गरे ।  

असोज ६ देखि १२ सम्म सञ्चालन हुने प्रतियोगितामा हाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *