नेकपा प्रदेश २ का अध्यक्ष साहले दिए राजीनामा

भदौ ३, काठमाडौं । पार्टी स्थायी कमिटिमा नराखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् ।   

साहले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका हुन् । यद्यपी साहको राजीनामा स्वीकृत भने भइसकेको छैन ।   

नेतृत्वबाट असहयोग भएपछि उनले राजीनामा दिएको साहका प्रस सल्लाहकार निभेष कुमारले बताए ।   

साह स्थायी कमिटि सदस्यका दाबेदार मानिएका थिए । यद्यपी उनको नाम भने कमिटीमा परेन । यसकारण उनी पार्टीप्रति असन्तुष्ट थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *