बाँकेमा करिब २० प्रतिशत खेतमा मात्रै धान रोपाई

साउन १५, नेपालगन्ज । साउनको दोस्रो सातासम्म बाँकेमा करिब २० प्रतिशत खेतमा मात्रै धान रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार सिँचाई सुविधा भएका केही स्थानमा मात्रै धान रोपाई भएको छ । आकाशे खेतीको भरमा धान रोपाई हुने जिल्लाका अधिकाँश स्थानमा खेत अहिलेसम्म पनि बाझै रहेको छ । कतिपय स्थानमा जेठमा राखिएको धानको ब्याड समेत सुक्न थालेको किसानहरुले जनाएका छन् ।
बाँकेमा ३६ हजार ५०० हेक्टर खेतियोग्य जमिनमा धानी खेती हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका कृषि प्रसार अधिकृत धनबहादुर पुनका अनुसार , फत्तेपुर, बिनौना, महादेबपुरी, गंगापुर, राधापुर, चिसापानी, नौवस्तामा सिँचाई सुविधा भएका कारण धान खेती भएको छ । बाँकेमा गतबर्ष साउन दोस्रो सातासम्म ५० प्रतिशत भन्दा बढि रोपाई सम्पन्न भईसकेको थियो । गतबर्ष साउनभित्र सम्पुर्ण धान रोपाई सम्पन्न भईसकेको थियो । सिँचाई सुविधाको अभावमा बाँकेका किसानहरुले आकाशे बर्षाको भरमा खेती गर्दै आएका छन् ।
यसबर्ष समयमै बर्षात नभएका कारण रोपाई समाप्त भईसक्नुपर्ने समयमा न्यूनमात्रामा मात्रै धान रोपाई हुन सकेको हो । बाँकेको खजुरा, जानकी लगायतका क्षेत्रमा सबैभन्दा कम धान रोपाई भएको छ । खजुरा ईगाउँका गीता खत्रीले लामो समयसम्म बर्षा नभएका कारण धानको ब्याड सुक्ने अवस्थामा पुगेको बताउनुभयो । जेठ महिनामा राखेको ब्याड दुई महिनासम्म प्रर्याप्त बर्षात नहुँदा गाउँमा धान रोपाई हुन पाएको छैन, खत्रीले भन्नुभयो – कतिपय स्थानमा नालामा पम्पसेट लगाएर रोपाई भएपनि बर्षात नभएपनि रोपेको धान समेत सुकेको छ ।
बाँकेमा सिक्टा सिचाई आयोजना र डुडुवा सिचाई प्रर्णालीको काम सम्पन्न नभएसम्म आकाशे बर्षाको भरमा खेती गर्नुपर्ने बाध्यताको अन्त्य नहुने किसानहरुको बुझाई छ । बाँकेमा भेरी–बबई डाईभर्सनबाट समेत सिचाई सुविधा पु¥याउने लक्ष्य छ । बाँकेमा करिब १५ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाई सुविधा रहेको छ । त्यो क्षेत्रमा कुलो र बोरिङ्गबाट पानी तान्ने हो । बाँकेमा लामो समयदेखि भएको सुख्खाका कारण पानीका मुहान सुमेत सुकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *