सीमा विवादको लागि भारत तत्पर छ : भाजपा नेता उपाध्याय

फागुन ३, काठमाडौं । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यै  तत्पर रहेको स्पष्ट पारेका छन् ।   

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले ने,‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यौं, नेपाल त हाम्रो नजिकको छिमेकी हो । हामी ठूलो हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।’   

उनले नेपाल र भारतबीच कुनै ठूलो बोर्डर समस्या नभएको पनि जिकिर गरे ।   

आयुष मन्त्रालयका बोर्ड सदस्यसमेत रहेका नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । उनले भने,‘यसरी धर्म परीवर्तन गराउनु गलत हो । यो अवश्य पनि राम्रो काम होईन् ।’   

उनले नेपाल स्वर्गद्धार र देवताहरुको पवित्र भूमी भएको उल्लेख गरे । उनले भने,‘पूरै विश्वमा नेपाल एकमात्रै त्यस्तो देश हो, जो कसैको गुलाम बन्नु परेन र भएन ।’ 

उनले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध सुमधुर रहेको स्पष्ट पार्दै नेपाल भारतबीच रोटी र बेटीको सम्बन्ध रहेको बताए । उनले भने,‘ हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’   

उनले भारतको आत्मा नेपालतर्फ भएको बताउँदै यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यैपनि समाप्त गर्न नसक्ने बताए ।   

नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमा त्यस्तो भए नेपालमा असर पने बताए ।   

उनले भारतबाट नेपाललाई कहिल्यैपनि हानी नभएको विश्वास दिलाएउँदै भारतबाट नेपाललाई कुनै हानी नभएको र भोलिका दिनमा पनि नहुने बताए ।   

उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरे । उनले भने,‘यो मेरो व्यक्तिगत धारणा र भावना हो, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *