‘महाशिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद’
मकालु खबर
२०७६ फागुन ६ गते
फागुन ६, काठमाडाैँ । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।
बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छ ।
साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछ । यस योजना फाल्गुन ०७ देखि ११ गते सम्मका लागि लागु गरिएको छ ।
मकालु खबर
२०७६ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित