कौडामा प्रहरीको सेटिङ, फोन गरेरै भगाइयो जुवाडे

 

साउन १७, ललितपुर । सूचना दिँदा गैरकानुनी काम गर्नेलाई प्रहरीले समाउला भन्दा उल्टो फोन गरेर भगाउने काम गर्दा भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । 

प्रहरीले पैसा पाएपछि जे पनि गर्छ भन्ने आरोप अहिले पनि जनजनबाट उठिरहँदा यो कुरालाई नपत्याउने कुरै भएन । त्यसमाथि मासिक रूपमा ठूलो रकम हात लाग्दै आएको अवस्थामा पक्राउ गरेर भोलि आफ्नो घुस प्रकरण सार्वजनिक होला भन्ने डर घुस लिने पुलिसलाई नहुने पनि कुरै भएन । 

null

त्यसैले त सूचना पाएर अपराधी समाउनुको साटो उल्टो फोन गरेर ‘हामी तपाईँ कहाँ आउँदैछौँ, उठ्नोस् है’ भन्ने सूचना दिएपछि त्यस्ता प्रहरीबाट अपराधी पक्राउ पर्छन् भन्ने विश्वास कसरी गर्ने ? सायद त्यसैले पनि होला निर्मला पन्तका हत्यारा पक्राउ नपरेका या त राजदूत झाका हत्यारा प्रहरीको नजरमा अझै फेला नपरेका । 

यस्ता दर्जनौँ घटनाहरू छन् जसले प्रहरीको छविमा नै आँच पुर्याइरहेका बेला सूचना पाएर पनि जुवाडेहरू पक्राउ गर्नुको साटो उल्टो फोन गरेर भगाउने काम मंगलबजारको प्रहरीले गरेको छ । घटना १५ गते बुधवारको हो । दिउँसो १२ बजेदेखि मंगलबजारबाट सुन्धारा च्यासल जाने क्रममा कुटिसौगल भन्ने स्थान छ, त्यहाँ पार्टी समेत छ । त्यसैको गल्लीभित्र ठूलो आलिशान महल छ । उक्त महल हो, स्थानीय वीरेन्द्र स्थापितको । 

वीरेन्द्र स्थापित उपत्यकाभित्र चर्चित जुवा सञ्चालक र जुवाडेका रूपमा चिनिने गरेको कुरा प्रहरीको रेकर्डमा देखिन्छ । उनी आइपिएल होस् अथवा विश्व क्रिकेट प्रतियोगिता होस् वा अन्य कुनै चर्चित क्रिकेट या फुटबल प्रतियोगिता होस् सबैमा बुकी अर्थात् जुवा खेल्ने, खेलाउने समेत गर्छन् । यस हिसाबमा पनि उनको नाम पुलिसको हिट लिस्टमा छ । 

तिनै वीरेन्द्र स्थापितको सो घरमा बुधवार दिउँसोदेखि कौडा सुरु भएको थियो । उक्त कौडामा झण्डैं एक करोडसम्मको कारोवार भइरहेको सूचना स्थानीय बासिन्दामार्फत् प्रहरीसम्म पुग्यो । हुँदाहुँदा उक्त सूचना ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुक कहाँसम्म पनि पुग्यो । उनले जुवा अखडाको लोकेशन र रेकी गर्न महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षकलाई निर्देशन दिए । 

मंगलबजारका ती निरीक्षकले आफ्नो घुमुवा समेत पठाए । घर पत्ता लगाएपछि माथि परिसरमा जाहेर गरेर जुवा अखडामा छापामारी जुवाडेहरूलाई पक्राउ गर्नुको सट्टा उल्टो जुवा चलाएको सूचना आएको छ, म आउँदैछु, उठ’ भनी जुवाडेहरूलाई भगाउने काम भयो । यो काम मंगलबजार प्रभागका प्रहरी निरीक्षक स्वयम्ले गरे या उनले खटाएका कुनै प्रहरीले वीरेन्द्र स्थापितलाई सूचना दिए । यो कुराको छानविन गर्ने जिम्मेवारी वा दायित्व अब परिसर प्रमुख रवीन्द्र धानुकको छ । 

स्थापित कहाँ चल्दै आएको सो जुवा अखडा दिउँसो १२ बजेदेखि भोलिपल्ट ९–१० बजेसम्म चल्ने गर्दछ । स्थापितको तेस्रो या चौँथो दुई तलामध्ये जुन तलामा पनि कौडाको जुवा चल्दै आएको छ । उक्त जुवा अखडामा एक करोडभन्दा बढीकै कारोवार हुने सोही जुवा अखडामा जानेमध्येका एकले जानकारी दिए । 

यसबाट के पुष्टि हुन्छ भने जुवाका सौखिन वीरेन्द्र स्थापितले मंगलबजार प्रहरीलाई सेटिङ मिलाई ठूलो रकम दिएर सो जुवा अखडा सञ्चालन गरिरहेका रहेछन् । हालका प्रहरी निरीक्षक केही दिनअघिमात्रै सरुवामा परिसकेका छन् । अहिले मंगलबजारमा चञ्चला श्रेष्ठ सरुवा भएकी छन्त, र हाजिर भने भइसकेकी छैनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *