विद्युतीय कारोबार ऐनका दुइ दफा खारेजीको माग गर्दै धर्ना

 

बैशाख ५, विराटनगर । विद्युतीय कारोबार ऐन अन्तर्गतका विभिन्न दुइ दफा खारेजीको माग गर्दै मोरङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् । सो ऐनका दफा ४७ र ४८ लाई पूर्ण खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा जिल्लाका पत्रकारहरुले बिहिबार विहान १ घण्टा धर्ना दिएका हुन् । 

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाइ पत्रकारलाई पटक पटक पक्राउ तथा धरपकड गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएकाहुन् । पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङको मुल गेटमा विहान ९ः३० बजेदेखि १ घण्टा सम्म धर्ना दिएकाहुन् । 

null

विद्युतीय कारोवार ऐनको आधारमा समाचार लेखेकै बिषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने तथा धडपकड गर्ने काम भएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले बताए । 

धर्ना समापन गर्दै महासंघ मोरङका अध्यक्षबन्धु पोखरेलले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीएवं पत्रकार अर्जुन गिरी सहित पक्राउ गरिएका पत्रकारको बिना शर्त रिहाइको मागलाई लिएर आन्दोलित हुनु परेको बताए । 

उनले सो ऐनका उक्त दफा खारेजीको माग गर्दै केन्द्रको पहिलो चरणको कार्यक्रम अनुसार धर्ना बसिएको र दफाखारेज नहुँदा सम्म केन्द्रको निर्णय अनुसार आन्दोलनका कार्यक्रम अघि बढाइने बताए । धर्नामा महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेल, महासचि वविवेक गौतम लगायत विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । 

महासंघ केन्द्रको आब्हानमा बिहीबार प्रदेश १ का सबै जिल्लाहरुमा पत्रकारहरु प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *