आजको मौसम : पानी पर्ला कि नपर्ला ? यस्तो छ पूर्वानुमान

फागुन १७, काठमाडौं । हाल देशमा पूर्वी तथा मध्य भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

जसले गर्दा देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

यस्तो छ आज र भोलिको पूर्वानुमान :-   

null

फागुन १७गते (शनिबार) 

दिउँसोः देशकोपश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ । 

रातीः देशकोपश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्कावर्षाको सम्भावना रहेकोछ । 

फागुन १८गते (आईतबार) 

दिउँसोः देशकोपहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ । 

रातीः देशकोपहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *