ए डिभिजन लिग: आशिष लामाको दुई गोलमा एपीएफको जित

पुस ८, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दशौँ चरण अन्तर्गतको आइतबारको पहिलो खेलमा एपीएफले जीत हात पारेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले शानदार जीत हात पारेको हो । 

जिसँगै एपीएफ १० खेलबाट १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आठ खेलसम्म अपराजित रहि लगातार तेस्रो खेलमा जितविहिन भएको आर्मी १८ अंक सहित चाैँथाे स्थानमा यथावत् छ । 

null

एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक दुई गोल गरे । खेलको ५२ औँ मिनेटमा एकल प्रयासमा दुई डिफेन्डरलाई बिट गर्दै आशिष पहिलो गोल गर्न सफल भएका थिए । उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै तीन डिफेन्डरलाई छलाएर खेलको ८६ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । 

आर्मीले पहिलो हाफमा एपीएफलाई दबाबमा राखेपनि गोल गर्न सकेन । आठौँ मिनेटमा आर्मीका टंक बस्नेतले डिबक्स बाहिरबाट हानेको बल दोस्रो बार हुँदै  बाहिरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *