कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारियाको निधन
मकालु खबर
२०७६ चैत १६ गते
चैत १६, काठमाडौं । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ ।
डेलीमेलले जनाएअनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्जा भाञ्जीको सहारामा बसिरहेकी थिइन् ।
कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ । स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन् ।
मकालु खबर
२०७६ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित