सिन्धियाको राजीनामापछि कमलनाथ अप्ठेरोमा !

फागुन २७, एजेन्सी । भारतको मध्य प्रदेशमा काँग्रेसको तर्फबाट लामो समय नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाले मङ्गलबार राजीनामा दिएका छन् । सिन्धियाको राजीनामासँगै उक्त राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप ६ मन्त्रीले पनि राजीनामा गरेका छन् । 

सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका हुन्  । उनी निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो । 

‘सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,’ उनले राजीनामामा भनेका छन् । 

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ । 

यसअघि सोमबार दिगविजय सिंगसहितका काँग्रेस नेताहरूलाई भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए ।   

मध्य प्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो । कांग्रेसबाट राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी रहेका थिए । 

हाल काँग्रेसको पक्षमा ९४ सांसद छन्। भारतीय जनता पर्टाीको पक्षमा १ सय ७ सांसद छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *