पोखराका तीन स्थानमा शंकास्पद वस्तु फेला

पोखरा, १३ जेठ । पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शंकास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । 

ती शंकास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । यसैबीच, नेत्रविक्रम चन्द (विप्लव) समूहद्वारा आह्वान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ ।बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *