रियल मड्रिड ३–२ गोल अन्तरले पराजित

साउन १५, मायामी । बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराएको छ । आज विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि राकिटिकले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

१४ औं मिनेटमा रियल मड्रिडका काभासिसले गोल गर्दै खेलमा फर्काउने प्रयत्न गरे । भने, खेलको ३६ औं मिनेटमा रियलका एसेन्सिओले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा टुंगियो ।

दोस्रो हाफको पाँचौं मिनेटमा नै जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालार्इ पूर्ण अग्रता दिलाए । त्यसपश्चात रियलले गोल फर्काउन नसकेपछि बार्सिलोनाले जित हात पार्यो । यस खेलमा क्रिस्चीयानो रोनाल्डोले खेलेका थिएनन् । यससँगै बार्सिलोनाले प्रि सिजन टुरका तीन वटै खेल जितेको छ भने रियल मड्रिड जित विहीन हुन पुग्यो ।

मायामीमा भएको खेलमा रियल मड्रिडका सर्जिओ सामोस प्रि सिजन टुरमा पहिलो पटक खेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *