तीनतला माथीबाट खसेका मजदुरको अवस्था गम्भिर

धरान,सुनसरी, कात्तिक १३ । धरानमा तीन तलाको घर माथिको छतमा निर्माणको काम गर्दै गर्दा एक निर्माण मजदुर लडेर गम्भीर घाईते भएका छन् ।  

धरान १२ चतरालाइन स्थित एक घरको छत निर्माणको क्रममा धरान ४, खैरेनीटारका १७ बर्षीय अजय राई गम्भीर घाइते भएका हुन् । हिजो बिहान छतमा ट्रष्ट तयार गरि पानी तर्काउने पाइप बनाउने क्रममा खसेर उनी घाईते भएका हुन । 

स्थायी घर संखुवासभा रहेका अजय चतरा लाईन स्थित सस्तो मःम हाउ सञ्चालनमा रहेको घरमा दशैं अघिदेखि नै निर्माणको काम गर्दे आएका थिए । गम्भीर घाईते राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । राईलाई छतबाट खसेलगतै स्थानीयले तत्काल उद्धार गरि प्रतिष्ठान लगिएको थियो । बाहिरी चोट नदेखिए पनि उनको कम्मर चलेको छैन् । खुट्टामा समेत समस्या भएको प्रतिष्ठान प्रहरी पोष्टका इञ्चार्ज सई तिलक गिरीले जानकारी दिएका छन राईलाई प्रतिष्ठानमा अहिले अक्सिजन दिएर राखिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *