जनजाति महासङ्घमा शेर्पा

काठमाडाै, १५ साउन । नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शेर्पाको संयोजकत्वमा गठन गरिएको छ । नब्बे सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिनुभयो ।

सो अवसरमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जनजातिका विषय एमाले नै बढी उठाएकाले पार्टीमा जनजातिको बढी सहभागिता भएको बताउनुभयो । अब आउने प्रदेश र संघीय निर्वाचनमा पनि जनजातिका विषयलाई विशेष रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य शेरबहादुर तामाङ लगायतले प्रदेश र संघीय निर्वाचनमा जनजातिको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *