प्रधानमन्त्रीले माधव नेपालको शुभकामना किन अस्वीकार गरे ?
भाद्र, ५ काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले आफूले स्वास्थ्यलाभको शुभकामना दिंदा प्रधानमन्त्रीले अस्वीकार गरेको बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले स्वास्थ्यलाभको कामना दिंदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईँको शुभकामना चाहिँदैन भनेर अस्वीकार गरेको जानकारी दिएका छन् ।
उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान बसेको सचिवालय बैठकमा आफू नभएको बेला बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका ओलीले निर्णयहरु भने सहमतिमा गर्नुस् भनेपछि प्रधानमन्त्री र उनी विवाद उत्पन्न भएको थियो
विवादकै क्रममा ओलीले नेता नेपाललाई ‘तपाईँको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईँले शुभकामना नदिँदैमा केही हुन्न’ भनेको उनी बताउँछन् ।
उनले आफूले अहिलेसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाारे नकारात्मक टिप्पणी नगरेको भन्दै उनले बैठकमै आफूले कहिँ गरेको भए प्रमाण ल्याउन चुनौती दिएको बताए ।
प्रधानमन्त्री ओली बिहिबार दिउँसो १ः३० मा स्वास्थ्य उपचारको लागि पुनः सिंगापुर गएका हुन् । थाइ एयरको विमानबाट प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसँगै आज सिंगापुर गएका हुन् ।