धरानबासीका स्वास्थ्यलाई मजबुत बनाउँदै खेलकुद

कात्तिक ७, काठमाडौँ । लाहुरेहरुको सहरका रुपमा देशभर चिरपरिचित पूर्वको सुन्दर सहर धरानका मानिसहरु आजकाल सुस्वास्थ्यका लागि मर्निङ वाक, दौडने, खेल खेल्ने लगायत थुप्रै शारीरिक तन्दुरुस्तीका अभ्यासमा व्यस्त रहन्छ्न । 

यसैबीच ब्याडमिन्टन खेलले पनि प्रमुख प्राथमिकता पाईरहेको यस खेलसँग सम्बन्धित व्यक्तिहरुको भनाइ छ । 

खेल एक किसिमको अनुशासन हो भने सामाजिक सद्भावको सेतू पनि हो । खेलाडीलाई राष्ट्रको गहनाका रुपमा लिइन्छ भने खेलकुदलाई असल स्वास्थ्य पाउने सहज विधि पनि मानिन्छ । 

null

कोशी राजमार्गमा रहेको धरान १३ अमरहाटमा रहेको अमर सेवा समाज बहुउद्देश्यीय सामुदायिक भवनमा बिहानै देखि ब्याडमिन्टन खेल्नेको निकै घुइँचो लाग्ने गर्दछ । २०७४ साल भदौ १०मा उद्घघाटन भएको यस भवन भित्र ब्याडमिन्टनका ४ वटा कोर्ट रहेका छन् । अमर सेवा समाजमा आवद्ध १४० घरपरिवार, वैदेशिक रोजगारीमा गएकाहरु, उद्ध्योगी, खेलप्रेमी, संघसंस्था लगायतको लगानीमा २०७२ साल चैतबाट बनाउन थालिएको जानकारी भवन निर्माण समितिका तत्कालीन सदस्य तथा हाल भवन व्यवस्थापकका जिम्मेवारी सम्हालेका गणेश बहादुर खड्काले जानकारी दिए । 

बुढापाका, स–साना नानीहरूलाई खेलाडी बनाउन, युवाहरूलाई कुलतबाट जोगाउने उद्देश्य राखेर भवनभित्र ब्याडमिन्टन कोर्टको निर्माण भएको व्यवस्थापक खड्काले मकालुखबरलाई बताए । 

२०३६ सालदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल खेलिसकेका नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका खेलाडी चन्द्रशेखर लामाका अनुसार आपसी भाइचारा, चिनापरिचय सुदृढ बनाउन र स्वास्थ राम्रो बनाउन यस खेलको विशेष महत्व रहेको बताएका छन् । 

धेरै मानिसको आयू बढेको, सुगर, प्रेसर, युरिक एसिड पीडित व्यक्तिहरु पनि आएर ब्याडमिन्टन खेल्दाखेल्दै स्वस्थ भएको खेलाडी लामाले जिकिर गरे । 

सोही भवनमा भेटिएका ५८ वर्षीय धन कुमार राई पनि भवन बनेपश्चात् निरन्तर रुपमा नियमित ब्याडमिन्टन खेल्न र सुस्वास्थ्यका लागि आएको बताए । लगातार ब्याडमिन्टन खेलेको पनि ३० वर्ष भैइसकेको र समय समायोजन गर्न सहजका साथै सबैलाई खेल्न राईको सुझाव छ । 

त्यस्तै २५ वर्षदेखि निरन्तर ब्याडमिन्टनमा रमाइरहेको र उक्त भवनमा भने ४ महिनादेखि निरन्तर खेल्दै आएको लिबर्टी स्कूलकी संस्थापक धरान–८ कि ५५ वर्षीय विष्णु सुब्बाको भनाइ छ । अरु एक्सर्साइजमा भन्दा थोरै समयमा नै पसिना आउने, भित्री खेल भएकाले सुरक्षाका साथमा हातखुट्टाको पनि सुरक्षा हुन्छ भन्ने उनको ठम्याई छ । 

त्यसैगरी धरान–१७ कि कला राईले पनि १ वर्षदेखि आउने गरेको र पूर्ण एक्सर्साइज भैइरहेको सुनाईन । मोटोपना घटिरहेको, आनन्द र ताजगी महशुस गरेको उनको अनुभव छ । ब्याडमिन्टनकै कारणले साथीभाई चिनजान बढेको, खेलमा भाग लिन पाएकोमा उनी खुशी देखिन्थिइन् । 

१० कक्षामा अध्ययनरत १५ वर्षीय शुभम अग्रवालले पनि त्यहाँ धाएको १ वर्षमै फिट्नेस बढेको, पावर बढिरहेको, आनन्द लिइरहेको बताएका छन् । राम्रो स्वास्थ्यका निम्ति ४ वर्षदेखि लगातार खेलेको र खेलको दौरान शरीर सुरक्षा तथा आनन्द भएको धरान–११ निवासी ३२ वर्षीय बिमन राई बताउँछन् । 

खेलकुदले धरान र धरानबासीको स्वास्थ्यलाई सकारात्मक प्रभाव पारिरहेको र खेलकुदकै माध्यमबाट सबै नागरिकबीच अनुशासन र भाइचारा अभिवृद्धिमा सहयोग पुर्याउँदै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *