बुढासुब्बा गोल्डकपः एपीएफलाई हराउँदै क्यामरुन विजयी

फागुन १, धरान । सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको टीम विजयी भएको छ । आजको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २/० गोलले हराउँदै पाहुना टोली क्यामरुनको दाफिन्स फेमिली क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । 

अन्तिम समयमा मनाङ मस्र्याङदी क्लबले सहभागी नहुने जनाएपछि आयोजकले एपीएफलाई खेलमा सहभागी गराएको थियो । 

एपिएफ र क्यामरुनबीच भएकोे खेलमा क्यामरुनका जर्सी नं ११ का खेलाडी नजामा यान्नीकले खेलको पहिलो हाफको ८ औं र दोश्रो हाफको ४ औं मिनेटमा नै गोल गरेका थिए । 

null

प्रतिष्पर्धात्मक खेलमा एपीएफले गोल गर्ने निकै मौका पाएपनि गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच क्यामरुनका यान्नीक नै घोषित भए । उनले नगद १५ हजार र टर्फी प्राप्त गरे । 

प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर, यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पाउनेछन् । सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

भोलीको सेमिफाईनल खेल धरान फुटबल क्लब र संकटाबीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *