खबरदार यस्ता व्यक्तिले उखु सेवन नगर्नुहोस् नत्र ज्यान जाला

 

जेठ ५ । उसु एउटा गुलियो फल हो । यसको स्वाद गुलियो हुने भएको कारण पनि धेरै व्यक्तिले यसको सेवन गर्ने हुन्छ । उसु सेवन गर्दा शरिरमा तागत आउनुको साथै शरिरलाई शितलता प्रदान गर्दछ । 

उखु विशेष गरी जाडोमा भन्दा गर्मीमा धेरै सेवन गरिन्छ शरिरमा शितलता प्रदान गर्ने भएकै कारण पनि यसलाई मासिसले जाडोमा भन्दा गर्मीमा धेरै सेवन गरेको पाईन्छ । उखु सेवन गर्नु शरिरको लागि फाईदा भएता पनी केही रोगीहरुले यसको सेवन गर्दा ज्यान नै जाने सम्भावना पनी हुने हुन्छ । कुन रोग भएकाले उखु वा उखुको जुस सेवन गर्नु हुँदैन तल भनिएको छ । 

null

कफको समस्या कफकाे समस्या छ वा खोकी लागेको छ भने त्यस्तो अवस्थामा पनि उखुको जुस तपाईले सेवन गर्नु हानीकारक हुन्छ । यसबाट बच्नु नै राम्रो हुन्छ । 

पेटको खरावी पेटमा खरावी भए उखुको रसले पखाला चल्न सक्छ । तपाईको शरिरको प्रभाव गरम छ वा तपाईको पेटमा किरा छन् भने पनि उखुको रस सेवन गर्नु तपाईको लागि नोक्सानदायक सावित हुन सक्छ । 

मधुमेह यदि तपाईलाई मधुमेह अर्थात डायबिटिज छ भने तपाईलाई उखुको जुस सेवन गर्नु नोक्सानदायक हुन सक्छ किनकी यसमा गुलियोको मात्रा अत्याधिक हुन्छ । 

तौल कम गर्नयदि तपाईले आफ्नो तौल कम गर्न चाहिरहनु भएको छ र तपाईको तौल धेरै बढेको छ भने उखुको जुस सेवन नगर्नु नै राम्रो हुन्छ किनभने यसमा रहेको गुलियो र कार्बोहाइड्रेट तौल बढाउनमा सहायक हुन्छ । 

श्वासको समस्या जुन मानिसलाई दाँतमा दुखाईको समस्या छ , श्वासको समस्या वा दाँतमा प्वाल परेको छ ती मानिसहरुले उखुको रस सेवन गर्नु हुँदैन् यसले उनीहरुको समस्या बढ्न सक्छ । यसका साथै दाँतमा किरा लागेको छ भने यसमा हुने चीनीले समस्या हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *