रुपन्देहीको रोहिणीमा दुई ट्रक आपसमा ठोक्किए, तीनको मृत्यु, ९ जना घाइते

माघ १४, रुपन्देही । रूपन्देहीमा मंगलबार विहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन् । 

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान रुपन्देहीको रोहिणीमा एक आपसमा ठोक्किएकादा सो दुर्घटना एको हो ।   

दुर्घटनामा परि पाल्ही नन्दन गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मीको मृत्यु भएको हो। मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलेको छैन ।   

९ घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *