वर्जुताल हेर्दै प्रधानमन्त्रीले भनेः सांस्कृतिक ग्रामको रुपमा विकास गर्नुपर्छ

चैत्र ३, सुनसरी । सुनसरी क्षेत्र नं. ३ को विकासमा ऐतिहासिक वर्जुतालले महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्लाले आयोजना गरेको विशाल आमसभा तथा चिमडी वर्जु ताल अवलोकन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्जुतालको संरक्षण र विकास गर्न सके सो क्षेत्रको विकासमा टेवा पुग्ने बताए । 

विशाल आमसभालाई संवोधन गर्दै प्रधानमन्त्रीले वर्जुतालको विकासमा संघिय सरकार बाटै गुरुयोजना बनाएर जानुपर्ने समेत बताए । ‘वर्जुताल र आसपासका ऐतिहासिक पौराणिक क्षेत्रलाई आधारशिला बनाएर पर्यटकीय क्षेत्रको विकास गर्न संघिय सरकारले गुरुयोजना बनाउनुपर्छ । यसका लागि सरकार सहयोग गर्न तत्पर छ ।’ प्रधानमन्त्रीले भने । 

 

null

प्रधानमन्त्री ओलीले वर्जुताल महाभारतकालमा पाण्डवको घुमफिर गर्ने ठाँउ, युघिष्ठिर र यक्षको संवाद भएको ठाँउका रुपमा परिचित तथा विराटराजाको गाईचरन रहेको ठाँउ भएकोले सो क्षेत्रको पौराणिकता र ऐतिहासिकतालाई आधार बनाएर पर्यटन प्रर्वद्धनको विकास गरिनुपर्ने बताए । 

उनले वर्जु आसपासका वस्तिमा थारु जातीय साँस्कृतिक ग्रामको विकास गरेर होम स्टे सञ्चालन गरी वर्जुताल घुम्न आउने पर्यटकहरुलाई स्वागत गरे स्थानीय थारु समुदायको आर्थिक स्तर सुध्रने तथा आत्मनिर्भर हुने समेत बताए । ‘यहाँ आउने पर्यटकलाई सांस्कृतिक, परम्परागत तवरले स्वागत गर्दै उनीहरुलाई बस्न सक्ने होम स्टे सञ्चालन गरेमा परम्परागत संस्कृतिको जगेर्ना त हुन्छ नै, यहाँका जनता आत्मनिभरता तर्फ अग्रसर समेत हुन्छन् ।’ प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री ओलीले सरकारको सुखी नेपाली संबृद्ध नेपालको परिकल्पना साकार बनाउन पर्यटन विकासलाई आधार बनाइएको जिकिर गरे । 

आमसभामा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा निर्वाचनकी प्रत्यासी उम्मेद्वार भगवती चौधरीले वर्जु क्षेत्रको संरक्षण र विकासमा सरकारले विशेष गुरुयोजना बनाउनुपर्ने बताइन् । 

वर्जुताल पौराणिक कालखण्ड देखि नै रहि आएको बताउँदै सुनसरी क्षेत्र नं. ३ को पर्यटन विकासमा महत्वपूर्ण स्थल रहेको जिकिर गरिन् । ‘प्राकृतिक सम्पदा, जलाशय, चराहरुको बासस्थान समेत रहेको छ । यहााको प्राकृतिक पर्यटकीय गन्तव्यका लाई यहाँका कला संस्कृतिलाई मिलाएर होम स्टे सञ्चालन गरे यो क्षेत्रका जनताको जिवनस्तर उकास्न टेवा पुग्छ ।’ उनले भनिन् । 

 

महिला नेतृ चौधरीले वर्जु ताल र त्यस वरपरको पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार र संघिय सरकारले नै काम गर्नुपर्नेमा जोड दिँदै भनिन् । ‘१ प्रदेशको औद्योगिक शहर बिराटनगर नजिक छ, छिमेकी मुलुक भारतको खुल्ला बोर्डर पनि नजिक पर्दछ । यो क्षेत्रको विकासमा संघिय सरकार र प्रदेश सरकारले दिर्घकालिन योजना तर्जुमा गरेर अगाडी बढ्नुपर्छ ।’ 

उनले उक्त क्षेत्रलाई राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउन सके यो क्षेत्रमा स्वस्फुर्त रोजÞगारी सृजना हुने बताइन् । चौधरीले यहाँका किसानहरुलाई आधुनिक तथा व्यवसायिक कृषि ज्ञान दिन राज्यको लगानीको आवश्यकता रहेको औल्याइन् । 

 

वर्जुगाउँपालिका उखुखेतीका लागी उत्तम क्षेत्र रहेको बताउँदै चौधरीले उखु किसानले सुपथ बजार र मुल्य नपाइरहेको र सो क्षेत्रको ४–५ सय बिगाहा जग्गा निजी क्षेत्रले ओगेटेकोले त्यो जग्गा राज्यको स्वामित्वमा ल्याई विशेष औद्योगिक क्षेत्र बनाए स्थानीयले रोजगारी पाउने समेत जिकिर गरिन् । ‘हरेक घरमा रोजगारी सृजना भएपछि स्थानीयको विकास भएपछि मात्र संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन्छ । राज्यले यो विषयमा ध्यान दिन आवश्यक छ ।’ उनले भनिन् । 

कार्यक्रममा १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत नेकपाका जिल्ला, क्षेत्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

 

वर्जुताल विराटनगर देखि १० किलोमिटर पश्चिम र सुनसरी सदरमुकाम इनरुवादेखि १५ किलोमिटरको दुरीमा रहेको छ । यो क्षेत्र सुनसरीको वर्जु गाँउपालिका ६ मा १ सय ६० विगाहा क्षेत्रफलमा फैलिएको छ । 

तालको संरक्षण हुनुभन्दा अघिदेखि नै अंग्रेजहरु यहाँ चराको अध्ययन अवलोकनका लागि आउने गर्दथे । यहाँ १ सय १४ प्रजातीका चराचुरुङ्गीहरु पाइन्छन् । जसमा ४२ प्रतिशत दुर्लभ चराहरु पाइन्छ । यहाँ साइवेरिया लगायतका विभिन्न देशहरुबाट समेत चराहरु आउने गर्छन । 

 

सिमसार युक्त ताल फिरन्ते चराहरुको वासस्थानका रुपमा चिनिन्छ । साइबेरिया बाट आउने चरा कोशी टप्पु हुँदै बर्जुमा पुग्ने गर्छन् । 

वर्जु आफैंमा सिमसार क्षेत्र समेत हो । विभिन्न प्रजातिका पुतली र चराका कारण समेत ताल आन्तरिक सहित वाह्य पर्यटनकालागि आर्कषणको केन्द्र बन्न सक्दछ । 

वर्जु क्षेत्रमा १४ प्रजातीका संखेकिरा पाइन्छ । यो क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण छ । वर्जुतालमा घडियाल गोहीको समेत संरक्षण गरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । 

वर्जु गाउँपालिकाको कुल जनसंख्या ३१ हजार १ सय ७८ रहेको छ । साविक रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिवेल्हा र चिमडी गाविस समायोजन पश्चात बर्जु गाउँपालिका बनेको हो । 

 

गाउँपालिका ६९ दशमलव ४३ वर्ग किमीमा फैलिएको छ । गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी र उपाध्यक्ष संगीता कुमारी राय हुन् । 

महाभारतको कथा प्रसंगसँग जोडिएर रहेको ऐतिहासिक स्थलका रुपमा रहेको वर्जु तालको नामबाट गाउँपालिकाको नाम रहन गएको हो । वर्जुतालको आफ्नै सांस्कृतिक महत्व छ । यहाँ वर्षमा आधा दर्जन मेला पूजा हुने गरेको छ । 

पूर्वकै ठुलो जलाशय भएको तालका रुपमा लिइन्छ बर्जु ताललाई । पौराणिक ग्रन्थ महाभारतका ५ पाण्डवसँग तालको प्रसंग जोडिएको पाइन्छ । वनवास गएका पाण्डवले यही वर्जु तालको पानी पिएको किम्बदन्ती छ । वर्जु प्राचिन बिराट राजाको दरबार, गौशाला, गाई चरन क्षेत्रपनि हो । 

वर्जु गाउँपालिकामा एक दैता बाँध समेत रहेको छ । जुन प्रसंग दन्तेकथामा उल्लेख छ । दैता गाउँ र दैता पोखरी समेत यस गाउँपालिकासँग जोडिएको ऐतिहासिक स्थल हो । दैवी शक्ति प्राप्त भएको मानिने बिर्जु र बर्जु दाजुभाईका नाममा यस गाउँपालिकामा बिरजु र वर्जु थान समेत प्रख्यात छन् । 

जलाशय सुकेर चरन क्षेत्र बनेको ताल केही वर्ष अघि सम्म गुमनाम थियो । अस्तित्व संकटमा पुगेको ताल क्रमशः जुरमुराउँदो छ । तालको संरक्षण र विकासका लािग पर्याप्त स्रोत साधन र सरकारी सहयोगको भने खाँचो छ । 

ताललाई २०७३ सालमा ३ करोड ६३ लाखको लागतमा नेपाली सेनाले सरसफाई र मर्मत गरी नयाँ स्वरुप दिलाएको थियो । जसलाई स्थानीयवासी र ताल व्यवस्थापन समितिको पहलमा गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ । 

 

सरकारले मुलुकभरका १०० स्थानलाई पर्यटकिय सम्भाव्यता क्षेत्र घोषणा गर्दा प्रदेश १ का १६ स्थान समावेश भए तर, ऐतिहासिक मानिने पूर्वकै ठुलो प्राकृतिक तालका रुपमा लिइने वर्जु ताल भने समावेश हुन सकेन । 

ताललाई दुई भागमा विभाजन गरेर नौका विहारका लागि डुंगा राखिएका छन् । तालको बीचभागमा मन्दिर समेत निर्माण गरिएको छ । पिकनिक खाने र मनोरम वातावरणमा घुम्न रुचाउने आन्तरिक पर्यटकका लागि वर्जु ताल आर्कषक गन्तब्य बन्ने प्रवल संम्भावना देखिन्छ । 

तस्विरः गुगल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *