बखरी लक्ष्मीनारायण मन्दिरको प्राण प्रतिष्ठा

 बैशाख ८,विराटनगर । विराटनगर–१२ मा नवनिर्मित श्री लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा र लोकार्पण गरिएको छ । मन्दिर परिसरमा आइतबार आयोजित कार्यक्रमकाबीच मन्दिरको लोकार्पण गर्नुका साथै मन्दिरमा भगवती लक्ष्मी र विष्णुको मूर्ति स्थापना गरेर प्राणप्रतिष्ठा गरिएको छ । 

 

बखरी, लक्ष्मीनारायण टोलमा निर्माण गरिएको मन्दिरको सो वडाका वडाध्यक्ष हिरालाल कामतले उद्घाटन गरे । ९ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको मन्दिरमा ६१ लाख लागत खर्च भएको निर्माण समितिका प्रेमनारायण झाले जानकारी दिए । मन्दिर निर्माणका लागि स्थानीय रामनरेश रौनियारले डेढ कठ्ठा जग्गा उपलब्ध गराउनुका साथै मन्दिरसमेत निर्माण गरिदिएका छन् । 

null

मन्दिर परिसरको घेराबेरा र थप संरचनाहरु निर्माण गर्नुपर्ने बाँकी रहेकाले आगामी आर्थिक वर्षमा वडा समितिको तर्फबाट ३ लाख बजेट विनियोजन गरिने विराटनगर–१२ का वडाध्यक्ष कामतले बताए । मन्दिर निर्माणबाट बाँकी रहेको जग्गामा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *