अन्तर प्रदेश समन्वय परिषद् बैठक सुरु

 

बैशाख १३, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सिंहदरबारमा शुक्रबार अन्तर प्रदेश बैठक सुरु भएको छ । 

बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट र योजनाका विषयमा छलफल हुने भनिएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव, नेपाल सरकारका मन्त्रीहरु लगायत सहभागी छन् । बैठकमा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत उपस्थित छैनन् । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमण छन् । 

null

यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६–७७ मा केन्द्रले प्रदेशहरुलाई कम्तिमा ३३ प्रतिशत बजेट छुट्याउनुपर्ने बताएका थिए । 

बैठकमा सातै प्रदेशका मुख्य मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *