प्रहरी विरुद्ध रविका समर्थकको चर्को नारा,प्रहरी संयमता अपनाउँदै
साउन ३२ गते । पक्राउ परेका संचारकर्मी रवि लामिछानेको रिहाईको माग गर्दै प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीहरुलाई प्रहरीले तितरवितर पारेको छ ।
प्रहरीको भ्यानमा ढुंगा हान्ने र प्रहरी विरुद्धनै चर्को नारावाजी गर्न थालेपछि प्रहरीले प्रर्दशनकारीहरुलाई माथी अश्रु ग्याँस प्रहार गरेको छ । शुक्रवारको तुलनामा शनिवार प्रर्दशनकारीहरु झनै आक्रमक वनेका छन् ।
प्रहरीले भने संयमता अपनाईरहेको जनाएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयको गेटमै नारावाजी गरेका उनीहरुलाई शनिवार भने त्यहाँ पुग्न दिईएको छैन् । मुल गेटको केही मिटर यतै नारावाजीमा उत्रिएका प्रर्दशनकारीहरुले प्रहरीको विरुद्धमा चर्को नारा लगाएका थिए ।
null
उनीहरुले आर्यघाटले के भन्छ एसपी मल्ल ले भन्छ जस्ता नारा लगाएका थिए । रवि लामिछानेको रिहाईका लागि भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा खरो रुपमा सामाजिक संञ्जाल तथा मिडियामा छाएका रमेश प्रसाई लगायत नारावाजीमा उत्रिएका छन् । शुक्रवारपनि प्रहरी माथी ढुंगामुडा प्रहार गर्दा पाँच जना प्रहरी घाईते भएका थिए भने केही प्रर्दशनकारी पनि घाईते भएको वताईएको छ ।