चितवन दुधमा आत्मनिर्भर जिल्ला घोषणा

 

जेष्ठ २९, चितवन । चितवन जिल्लालाई दुधमा आत्मनिर्भर भएको घोषणा गरिएको छ । यहाँ उत्पादन हुने दुध जिल्लामा खपत भएरपनि वाहिर जिल्ला पठाउन समक्ष भएपछि चितवनलाई दुधमा आत्मनिर्भर भएको घोषणा गरिएको हो । 

बुधवार चितवनको रत्ननगरमा आयोजित एक समारोहमा प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जिल्लालाई दुधमा आत्मनिर्भर भएको घोषणा गरे । 

null

सहकारी मन्त्री लामाले भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर विजय श्रेष्ठलाई दुधमा आत्मनिर्भर भएको प्रमाणपत्र हस्तान्तरण गरे । ज्ञान केन्द्रले करिव ३ महिना लगाएर जिल्लाका सात वटै स्थानीय तहमा दुध उत्पादनको अवस्थाको तथ्यांक संकलन गरेको थियो । 

ज्ञान केन्द्रका प्रमुख डाक्टर श्रेष्ठका अनुसार चितवनमा दैनिक २ लाख ९० हजार लिटर दुध उत्पादन हुदै आएको छ । त्यस मध्ये ५७ प्रतिशत जिल्लामै खपत भएको र ४३ प्रतिशत वाह्य जिल्ला निर्यात हुँदै आएको उनले वताए । चितवनको जनसंख्या करिव ६ लाख २५ हजार छ । चितवनबाट उत्पादन हुने दुधको प्रमुख वजार काठमाडौ र पोखरा हो । जिल्लामा १ सय ३८ वटा दुग्ध उत्पादक सहकारी संस्था छन् जस मध्ये १ सय ४ वटा सक्रिय छन् । 

 

चितवनका किसानको मेहनतले आज जिल्ला दुधमा आत्मनिर्भर भएको छ ज्ञान केन्द्रका प्रमुख श्रेष्ठले भने – पराम्परागत शैलीमा अझैं पशुपालन हुने भएकाले व्यवसायीकरण गर्नु आवश्यक छ । घोषणा समारोहमा प्रदेशका सहकारी मन्त्री लामाले दुधमा आत्मनिर्भर जिल्ला वनाउन यहाँका किसानले खेलेको भुमिकाको प्रसंसा गर्दै धन्यवाद दिए । 

यहाँका किसानको मेहनतको कदर गर्छु मन्त्री लामाले भने – पशुपालनसंगै सवै क्षेत्रलाई चितवनमा अगाडी वढाउनु पर्छ । दुधलाई आत्मनिर्भर भएको घोषणा गर्न आयोजित समारोहमा जिल्लाका सात वटै स्थानीय तहबाट हजारौ कृषकहरु रत्ननगर आएका थिए । 

सोही समारोहमा प्रदेश सरकारको चालु आर्थिक वर्षको कार्यक्रम अन्र्तगत दुध उत्पादनका आधारमा कृषकहरुलाई अनुदान वितरण गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले जानकारी दिए । प्रदेश सरकारले यो वर्ष ९० लाख रुपैया प्रति लिटर दुध उत्पादनमा अनुदान दिन लागेको हो । प्रति लिटर ५१ पैसाका दरले किसानले अनुदान पाउनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *