अब विदेशबाट आउने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’ अनिवार्य

चैत २, काठमाडौं । विदेशबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु भएको छ । अध्यागमन विभागले आजदेखि लागुहुने गरी नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो ।   

विभागले सूचना निकालेर विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको जनाएको छ । अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य फारम भर्नुपर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु भएको छ । १४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघाट नगरी छुटै कोठमा बस्न विभागले आग्रह गरेको हो । यो नियम अप्रिल ३० सम्म लागु हुनेछ ।   

घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्न, मास्क लगाउन, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्न, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्न, अरु व्यक्तिसँगको दूरी बढाउन भान्सा बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजान पनि आग्रह गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *