‘कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रिनुपर्यो’

 

जेठ ५, काठमाडौं । पार्टीभित्रको गुटबन्दी हटाउनुपर्नेमा जोड दिँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेताहरु सुध्रिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘पार्टीमा गुटबन्दी मौलायो । नेताहरु गुटका आधारमा लडिरहने, आफ्नो स्वार्थका लागि दौडिरहने हो भने कार्यकर्ता मात्रै गतिलो भएर पार्टी बन्दैन । कांग्रेसमा कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रेर गतिलो हुनुपर्यो ।’ 

यस्तै उनले पार्टीका नेता सुध्रिए स्वतः जागरण आउने धारणा राखे । उनका अनुसार जागरण अभियानका दौरान नेताले गुटबन्दी नगर्ने प्रण लिनुपर्छ, तब मात्र कांग्रेस नम्बर वान बलियो पार्टी बन्छ । ‘दुई तिहाईको सरकारमा रहेका कम्युनिष्टसँग विभाजित मानसिकताले लड्न सकिन्नँ । कांग्रेसभित्र एकता भयो भने संसारभरीका कम्युनिष्ट मिलेपनि हामी जित्छौँ’, नेता कोइरालाले भने । 

कार्यक्रममा आफ्नो पार्टीको नकारात्मक पक्षको टिप्पणी गरिरहेका उनले सरकारको आलोचना गर्न पनि भ्याए । उनले वर्तमान सरकारले प्रेसलाई आफ्नो मुट्ठीमा कस्न खोजेको आरोप लगाए । ‘सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारको धज्जी उडाएको छ । सरकारको यस्तो अधिनायकवादी कदमविरुद्ध आन्दोलन गर्न गर्नुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *