बिचौलियाको दादागिरी: किसानले उत्पादन गरेको अण्डाको मूल्य तोक्दै

मंसिर ३० गते । नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गरेको अण्डाको मूल्य बिचौलियाले तोक्ने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै संघले तोकेकै मूल्यमा बिक्री गर्न आग्रह गरेको छ । साथै प्रहरीले गिरफ्तार गरेका आफ्ना ५ जना किसानहरुको रिहाई गर्नु पर्ने माग गरेको छ । 

 सप्लायर्स समेतको उपस्थितीमा भएको बैठकले ठूलो अण्डा प्रति क्रेट फर्मबाट खरिद गर्दा २ सय ७५ र बिक्री मूल्य २ सय ८० रुपैया तोकेता पनि पछि सप्लायर्सहरुले आफैले मूल्य घटाएर निर्धारण गरेको भन्दै नेपाल अण्डा उत्पादक संघले बिरोध जनाएको हो ।  

सोमबार भरतपुरमा आयोजित पत्रकारमा किसानले उत्पादन गरेको अण्डाको मूल्य विचौलियाले तोक्ने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले संघले तोकेकै मूल्यमा बिक्री गर्न आग्रह गरे ।  

कार्तिक २१ गते त्रिपक्षिय बैठकमा ठूलो अण्डाको मुल्य फर्मबाट खरिद गर्दा प्रति क्रेट २७५ र विक्री मुल्य २० रुपैयाँ कायम गरिएको थियो । त्यस्तै मध्यय २५५ खरिद मुल्य र २६० बिक्री मूल्य तोकिएको थियो । संघका अध्यक्ष केसीका अनुसार सप्लायर्सले एक पेटीमा ५ सय रुपैयाँ सम्म नाफा खाएर बेच्ने गरेका छन् ।  

मंसिर १५ गतेपछि भने सप्लायर्स आफैले ठुलो अण्डा प्रति क्रेट २७० रुपैयाँमा खरिद गर्न थालेपछि बिवाद सुरु भएको छ । सोही बिवादका बिषयमा २६ गते बैठक आह्वान गरिएपनि सो बैठकमा सप्लायर्सबाट उपस्थित भएनन् । तर उनीहरु आफैले मंसिर २७ गते बैठक बस्ने भनेर किसानहरुलाई बाेलाएका थिए ।  

सोही बैठकमा अगुवा कृषकहरु गई निर्धारित मूल्य आम किसानको हित बिपरित भएको निक्यौल गरि सोघपुछ गर्दा भनाभन भएको  सर्न्दभमा  अभद्र व्यवहार भएको भनि ६ जना किसानहरु बिरुद्ध किटानी जाहेरी दिए । प्रहरीले किटानी जाहेरीमा उल्लेख भएका मध्ये ५ जना किसानलाई पक्राउ गरेको छ । 

 पक्राउ पर्नेहरुमा किसानहरु प्रकाश अधिकारी, आनन्द मास्के, रामहरी केसी, दिपेश्वर केसी र राजेन्द्र साँखी छन् । पक्राउ परेकाहरुलाई निशर्त रिहाई गर्नु पर्ने पत्रकार सम्मेलनमा संघका अध्यक्ष केसीले बताए ।  

नेपाल कुखुरा पालक किसान संघका केन्द्रिय अध्यक्ष झनक पौडेलले बिचौलियाबाट द्धन्द्धको सिर्जना भएको बताए । उनले ह्याचरी, दाना उद्योग, सप्लायर्सले किसान प्रति सिण्डीकेट लादेको आरोप लगाए । अण्डाको माग अहिले बढ्दो क्रममा छ । चितवनमा दैनिक ५ हजार पेटी अण्डा उत्पादन हुँदै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *