मध्यराति भैंसी व्यापारीको गोली हानी हत्या, पाँच लाख लुटे

कात्तिक १९, काठमाडौँ । बर्दियामा एक व्यापारीको गोली हानी हत्या गरिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–३ गोबरियापुरमा एक भैंसी व्यापारीको गोली हानी हत्या गरिएको हो । 

आफ्नै घरभित्र झ्याल छेउमा सुतेका ३५ वर्षीय मोहनलाल खटिकको मध्यराति १ बजेको समयमा गोली हत्या गरिएको हो । 

गोली प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

दुई जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेको परिवारले बताएपछि प्रहरीले गोली प्रहार गर्नेको व्यापक खोजी गरेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *