राष्ट्रियसभाको बैठक आज ११ बजे बस्दै

भदौ ३०, काठमाडौँ । राष्ट्रिय सभाको बैठक सोमबार (आज) बिहान ११ बजे बस्ने तय भएको छ । आजको बैठकमा विभिन्न विधेयकहरु पेश हुने कार्यसूची रहेको छ ।  बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’  टेबुल हुने र ‘राहदानी विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी राष्ट्रियसभा समक्ष राखिने कार्यक्रम रहेको छ ।   

त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।   

त्यसैगरी आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।   

null

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।   

त्यसैगरी माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *