भारतमा पनि भीषण हावाहुरीः १८ जनाको मृत्यु, २० बढी घाइते

 

जेठ २४, लखनऊ । भारतको उत्तर प्रदेशमा बिहीबार आएको भीषण हावाहुरीमा परी १८ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार राती प्रदेशको मैनपुरी, एटा, कासगञ्ज, मुरादावाद, महोबा, हमीरपुर, फर्रुखावाद, बदायू र पीलीभीतमा हावाहुरीका साथ भीषण पानी परेको थियो । 

null

मौसम विभागका अनुसार आँधीको अझै खतरा रहेको छ । साथै मानिसहरुलाई सचेत रहन पनि आग्रह गरिएको छ । 

मुख्यमन्त्री आदित्यनाथले पीडित परिवारका लागि आर्थिक सहयोग गर्न आह्वान गरेका छन् । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *