दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्छः सभापति देउवा

भदौ १९, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कामकारवाहीका कारण जनतामा निराशा छाएको बताएका छन् ।   

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।   

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारका हरेक गतिविधि संविधान तथा जनभावना विपरित भएको आरोप लगाए । उनले भने, ‘सरकारका हरेक गतिविधि जनताको भावना विपरित छ । यसले जनतामा निराशा बढेको छ । यस्तो अवस्थामा संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै खतरा आउन सक्छ ।’ 

Image result for शेरबहादुर देउवा

वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भीर नभएको आरोप लगाउँदै उनले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाईँ लडनुपर्ने धारणा राखे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *