सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा
पुष २३, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरेका थिए ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानियवासी समक्ष खुशी व्यक्त गरे । उनले गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्घता समेत व्यक्त गरे ।
मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानियवासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।