ए डिभिजन लिग: एनआरटी र मछिन्द्रले ५-५ को बराबरी खेल्दै अंक बाँडे

 

पुस १६, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार गोलको वर्षा भएको छ । न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबबीच एन्फा कम्प्लेक्स मैदानमा भएको प्रतिस्पर्धामा दुवैले समान ५–५ गोलकाे वर्षा गर्दै अंक बाँडेका छन् । 

एनआरटी र मछिन्द्रले बराबरी खेल्दै अंका बाँडेका हुन् । खेलमा पहिलो हाफमै दुवै टोलीले समान ४–४ गोल गरे भने दोस्रो हाफमा २ गोल माात्रै गर्न भ्याए । 

null

मछिन्द्रका लागि विशाल राईले दुई गोल गर्दा खमिर गिल्सन कन्दङ्वा, अनिल गुरुङ र भासडिया डाइमण्डेले एक–एक गोल गरे । एनआरटीका अशोक थापाले दुई, सुनील लामा र डिडियर स्माइलले एक-एक गोल गरे। मछिन्द्रका साइद गेङ्गाले एक आत्मघाती गोल गरे। 

पहिलो हाफको चौथो मिनेटमा विदेशी खेलाडी डाइमण्डेले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएपनि खेल बराबरीमै टुंगियो । खेलमा एनआरटीका अशोक थापा म्यान अफ दि म्याच चुनिए । 

बराबरीसंगै ६ अंक जोडेको एनआरटी लिग तालिकाको पुछारमा यथावत् रहेको छ । मछिन्द्र ७ अंक सहित तालिकाको १२ औँ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *